काँकरभिट्टामा प्रसाद खाँदा फुड पोइजन भएर ३५ जना विरामी, जिल्लाका बिभिन्न अस्पतालमा उपचार हुँदै

2022-09-06 मा प्रकाशित

मेचीनगर, २१ भदौ । मेचीनगर–६ स्थित एउटा घरमा पूजाको प्रसाद खाँदा करिव ३५ जना स्थानीय विरामी परेका छन् ।

काँकरभिट्टा खानेपानी कार्यालय नजिकै जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको वर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।
मगरको घरमा मंगलबार पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु विरामी परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।
मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीहरुलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए । अधिकांश विरामी महिला र बच्चाहरु रहेको पराजुलीको भनाई छ ।
विरामीहरुलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, वीएण्डसी र ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको डीएसपी महतोले बताए । उनका अनुसार डाक्टरले फुड पोइजन भएको बताएको छ ।
करिव २० दिनअघि पनि काँकरभिट्टा माविको क्यान्टिनमा दिउसो नस्ता खाएका ३१ ज्ना विद्यार्थीहरु विरामी परेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु