झापा १ बाट माओवादीले अघि सार्याे कार्कीलाई

2022-09-07 मा प्रकाशित

मेचीनगर, २२ भदौ । सत्तारुढ गठबन्धनको घटक नेकपा माओबादी केन्द्रले झापा–१ बाट संघीय संसद्को उम्मेद्वारको रुपमा सुरेन्द्रकुमार कार्की राम कार्कीलाई अघि सारेको छ ।

पार्टीको १ नं। क्षेत्रीय कमिटीको मंगलबार बसेको बैठकले कार्कीलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको पार्टीको प्रदेश क समन्वय कमिटीका संयोजक राजु दाहालले जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको समेत गृह क्षेत्र भएको हुँदा गठबन्धनले अब शर्मा र कार्कीमध्ये कसलाई चुनावी मैदानमा उतार्छ भन्ने प्रश्न झन् पेचिलो बनेको छ ।

माओबादीका केन्द्रीय सचिव समेत रहेका कार्की २०७४ को आम चुनावमा झापा १ बाट नेकपा एमालेसँगको गठबन्धनबाट संघीय सांसद् निर्वाचित भएका थिए ।

जसले जहाँ जितेको छ त्यहाँ उसैलाई भाग दिने भन्ने गठबन्धनको सिट बाँडफाँटको मापदण्डमा कार्की बलियो देखिएका छन् ।

तर, पार्टीका केन्द्रीय पदाधिकारीको हकमा यो मापदण्ड लागू नहुने भनेर कांग्रेसका महामन्त्री शर्माले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु