घोषण पत्र तयारी संयोजकमा महामन्त्री शर्मा

2022-09-07 मा प्रकाशित

झापा, भदौ २२ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई निर्वाचन घोषणा पत्र तयारी समितिको संयोजकमा आज चयन गर्नु भएको हो । काँग्रेसको विधान अनुसार सभापतिले निर्वाचन घोषण पत्र तयारी समितिको संयोजक चयन गर्ने व्यवस्था अनुरुप नै शर्मालाई चयन गरिएको काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु