गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

2022-09-08 मा प्रकाशित

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी साकोसले विहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले विसं २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोड ३१ लाख १९ हजार ९ सय रुपैयाँ शेयरपुँजी बनाएको छ । उक्त सहकारीले आर्थिक वर्ष ०७९–८० मा शेयरपुँजी २ करोड ९९ लाख रुपैयाँ हुने अनुमान गरेको छ

धुलाबारी बजार सिरानमा आफ्नै सुविधा सम्पन्न भवन रहेको गृहलक्ष्मी साकोसले मेचीनगरका विभिन्न ठाउँ तथा बितामोडमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
साधारण सभामा सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आव ०७८–०७९ मा जगेडा कोषमा ८४ लाख ९४ हजार २४२ रुपैयाँ रहेको उल्लेख छ । यस्तै, १३ करोड ६९ लाख २५ हजार ५५६ रुपैयाँ बचत हिसाब रहेको छ । संस्थाको शेयर सदस्य संख्या ३ हजार ३९७ कायम गरिएको प्रतिवेदनमा छ ।

सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता तथा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारीले सहकारीले जिन्दगी जिउने आधार तयार गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहकारी संस्थाका सदस्य राजु धिमालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा डाँगी ९रेणुका० ले स्वागत सम्मान गरेकी थिइन् । साधारण सभाको बन्दशत्रले आगामी योजना तथा कार्यक्रमहरु पारित गरेको व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु