मेचीनगरमा सुरु भयो ‘जनतासँग काँग्रेस’ अभियान

2022-09-10 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरले शनिबारदेखि ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेको छ । प्रदेश तथा संघीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले टोलटोलमा काँग्रेस जिताउ अभियान सुरु गरेको हो ।

नगर समितिको संयोजन तथा वडा समितिको आयोजनामा सुरु भएको अभियान नगरका १५ वटै वडामा सञ्चालन गरिने नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले बताए । उनले नेताले सुन्ने र कार्यकर्ताले बोल्ने गरी अभियान सञ्चालन गरिएको बताए ।

शनिबार मेचीनगर(५ र वडा नम्बर ३ मा अभियान सम्पन्न भएको छ । वडा नम्बर ५ मा भएको कार्यक्रमको सभापतित्व वडा सभापति नारायण खड्काले गरेका थिए भने प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश सदस्य विमल आचार्य थिए ।

भेलामा वडा, नगर तथा क्षेत्रका क्रियाशील काँग्रेस प्रतिनिधिहरुले सक्रिय सहभागिता जनाएका थिए । सहभागीहरुले उठाएका जिज्ञासाको बारेमा प्रमुख अतिथि आचार्यले प्रस्ट पारेका थिए । प्रमुख अतिथि आचार्यले निर्वाचनमा काँग्रेसको जीत सुनिश्चित गर्नेगरी गाउँमा अभियान थाल्न समेत अनुरोध गरे । काँग्रेसले यसपटक निर्वाचन जित्न कस्तो भूमिका निर्वाह गर्नुपर्छ रु भन्दै जनताको सुझव समेत संकलन गरिरहेको छ ।

वडा नम्बर(३ मा भएको कार्यक्रमको सभापतित्व वडा सभापति सन्तोष दाहालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि आचार्य थिए । कार्यक्रमको औचित्यमाथि मेचीनगर सभापति सुदय पनेरुले प्रकाश पारेका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा तरुण दल झापा जिल्ला अध्यक्ष गोपाल तामाङ, क्षेत्र ‘क’ सभापति हरि बुढाथोकी, क्षेत्र क सचिव दीपक काफ्ले, नगर उपसभापति धनकाजी खत्री, योगेन्द्र थापा, नगर सचिव मनोज घिमिरे, मुकेश लिम्बू, सहसचिव टिकाराम धमला,नेपाल महिलासंघ वडा सभापति दुर्गा देवकोटा, लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु