भानु बहुमुखी सहकारीको अध्यक्षमा पुनः चुडाल

2022-09-10 मा प्रकाशित

मेचीनगर । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् ।
धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई, कोषाध्यक्षमा युवराज बास्तोला रहेका छन् । त्यसैगरी सदस्यहरुमा शेखर शर्मा गुरागाई, नविनकुमार नेपाल, उर्मिला पोखरेल, खड्गनारायण राजवंशी र उमापाण्डे रहेका छन् ।
साधारण सभाले लेखा समितिको संयोजकमा विश्वास भण्डारी र सदस्यहरुमा नविन दाहाल र रुद्र विष्ट रहेका छन् ।


कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी संघका लेखा संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक लक्ष्मी उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सहकारीको आवश्यक्ता र सदस्य तथा सञ्चालकहरुले सञ्चालनमा ध्यान दिनुपर्ने विषयमा प्रकाश पारेका थिए ।
सो अवसरमा जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, राष्ट्रिय सहकारी बैंक धुलाबारीकी व्यवस्थापक मुना घिमिरे, भानु बहुमुखी सहकारी संस्थाका सल्लाकार सदस्य सुशिल आचार्य, मेचीनगरपालिकाको तर्फबाट इन्जिनियर कमल कोइराला लगायतले बोलेका थिए ।


सहकारीले जेष्ठ सदस्य,उत्कृष्ट ऋणी,उत्कृट बचत कर्ता, उत्कृट बालबचत कर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
सहकारीले ज्येष्ठ सदस्य सम्मान सरस्वती कटुवाल र सावित्रा डाँगीलाई प्रदान गरेको छ ।
उत्कृष्ट ऋणी तर्फ सन्जय शाह, मायादेवी दनुवार र वृषलाल राजवंशीलाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट बचत कर्तातर्फ विखल चौधरी, मेहरुन खातुन, सिताराम सहनीलाई सम्मान गरेको छ ।
सहकारीले सञ्चालन गरेको बाल बचत कार्यक्रम तर्फ प्राची चौधरी, अंकित दास, आयुस श्रेष्ठ र मान्यता थापालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मान साङ्गे शेर्पालाई प्रदान गरेको छ । कार्यक्रममा पूर्वीद्वार सहकारी संस्थाका पूर्व अध्यक्ष चेतन विष्ट, जीवन ज्योती सहकारी संस्थाका सचिव शान्तिकुमार नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष शंकर श्रेष्ठले स्वागत गरेको कार्यक्रको सञ्चालन व्यवस्थापक चन्द्रा सिटौलाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु