थेसिस स्कुलले केक काटेर मनायो बालदिवस

2022-09-15 मा प्रकाशित

मेचीनगर । मेचिनगर ३ बडाखाल स्थित थेसिस अंग्रजी मा.बि ले बिबिध कार्यक्रमका साथ ५८ औं बाल दिवस मनाएको छ ।
बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पी ए प्राप्त गर्ने कक्षागत समूहका विद्यार्थीलाई मेडलले पुरस्कृत गरिएको थियो ।


केक काटेर उद्घाटन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु बिभिन्न विधामा पुरस्कृत भएका थिए । विद्यालयको आन्तारिक गतिविधि अन्तरगत चित्रकला प्रतियोगिता,हिज्जे लेखन प्रतियोगिता, हस्त लेखन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध बिधामा उत्कृष्ट विधार्थीहरुलाई मेडल सहित सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्याब्सन मेचिनगरले हालै सम्पन्न गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्त हुन सफल विद्यार्थीहरुलाई समेत सम्मान गरेको स्कुल इन्चार्ज दिवस लोहारले बताए ।
प्याब्सन भापाले आयोजना गरेको दुई दिवसिय एकिकृत पाठ्यक्रम,मुल्याङ्कन विधि र लेटर ग्रेडिङ सम्बन्धी तालिममा सहभागी भई तालिमको प्रमाणपत्र प्राप्त शिक्षक दिवस लोहार र स्वेता थापालाई समेत कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो ।


डान्स शिक्षक नहिमले तयार गरेको मारुनी नृत्य, तामाङ सेलो नृत्य, आधुनिक नृत्य र गायन शिक्षक अर्जुन दाहालले प्रशिक्षित गरेका विद्यार्थीको गायन, तथा शिक्षक शिक्षिकाहरुले तयार गरेको कक्षागत नृत्यहरु समेत  प्रस्तुत गरिएको थियो । सो अवसरमा विद्यालयका शिक्षक शिक्षिकाहरुको रोचक नृत्य र गायनले विद्यार्थीहरुलाई हौसला प्रदान गरेको थियो । विद्यार्थी तथा शिक्षकहरुको रोचक प्रस्तुति हेरेर अभिभावकहरु समेत उत्साहित बनेका । कार्यक्रमबाट प्रभावित बनेका एक अभिभावकले विद्यालयलाई रु ५ हजार राशीले सम्मान समेत गरेको विद्यालयका प्रिन्सिपल डम्बर रुचालले जानकारी दिए ।


कार्यक्रममा मेचीनगर २ स्थित ओसियानिक अंग्रेजी मा. वि. समेत सहभागी बनेको थियो । सो विद्यालयका छात्र छात्राहरुको मारुनी नृत्य र जनचेतनामुलक नाटक मंचन र कबिता बाचनले अभिभावकलाई भावुक बनाएको थियो ।

स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रुचालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पि.टि.ए. अध्यक्ष इन्द्र दाहालले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा पि. टि. ए. सदस्य द्वय बुद्ध पौडेल र जानुका श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । स्कुलकी सस्थापक बिनिता बराइली रुचालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक अनिल लोहारले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु