ओसियनिक निर्वणा इङलिस द्वारा बाल दिवसमा विविध कार्यक्रम

2022-09-15 मा प्रकाशित

बोैद्दमोड । मेचीनगर (२ बौदामोड़मा संचालित ओसियनिक निर्वणा अंग्रेजी मा.बिले बिबिध कार्यक्रम सहित ५८ औं बाल दिवस मनाएको छ।
बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यालयले प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पि ए प्राप्त गर्ने कक्षागत समुह विद्यार्थीलाई मेडल ले पुरस्कृत गरेको छ ।


विद्यालयकी जेष्ठ अभिभावक मिना पौड्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरु बिभिन्न विधामा पुरस्कृत भएका थिए । विद्यालयको आन्तारिक गतिविधि अन्तरगत चित्रकला प्रतियोगिता,हिज्जे लेखन प्रतियोगिता, हस्त लेखन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध बिधाहरुमा उत्कृष्ट विधार्थीहरुलाई मेडल सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा प्याब्सन मेचिनगरले हालै सम्पन्न गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्त हुन सफल विद्यार्थीहरुलाई समेत विद्यालयले सम्मान गरेको विद्यालय ब्यस्थापक पदम रुचाल जानकारी दिए । कार्यक्रमा प्याब्सन भापाले आयोजना गरेको दुई दिवसिय एकिकृत पाठ्यक्रम,मुल्याङ्कन विधि र लेटर ग्रेडिङ सम्बन्धी तालिममा सहभागी भई तालिमको प्रमाणपत्र प्राप्त गर्ने म्याडम निशा भट्टराई लाईसमेत सम्मान गरेको थियो ।

डान्स शिक्षक युराज श्रेष्ठले तयार गरेको मारुनी नृत्य, आधुनिक नृत्य ,लगायत शिक्षक शिक्षिकाहरुले तयार गरेको कक्षागत नृत्यहरु र्याम्स र करांते समेत प्रस्तुत गरिएको थियो ।

स्कुलका संस्थापक प्रिन्सिपल पदम रुचालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका अभिभावक कमल गौतमले मन्तब्य राखेका थिए । अभिभावक कल्पना भारतीले नृत्य साथै उपस्थित महिला अभिभावकहरुले म्युजिकल चेअर्समा भाग लिएर कार्यक्रमलाई थप रोचक बनाएका थिए । । म्युजिकल चेअर्स तर्फ अभिभावक माया निरौलाले विजयी बनिन् ।
कार्यक्रमको सञ्चालन थेसिस रुचाल र मनिशा दाहालले गरेका थिए । संस्थापक प्रिन्सिपल रुचालले गुणस्तरीय शिक्षा दिने प्रतिवद्दता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु