मेचीनगरबाट सुरु भयो, निरोगी नेपाल अभियान

2022-09-17 मा प्रकाशित

मेचीनगर १ असोज । हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रले शनिबार देखि ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ सुरु गरेको छ । सेवाकेन्द्रले आज शनिबारदेखि मेचीनगरबाट निरोगी नेपाल अभियान सुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी विरामी हुँदा काठमाडौँमा सोहि सेवा केन्द्रमा तीन महिना उपचारपछि ठिक भएको बताए । झापामा सो अभियान ल्याउन उनै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समेत रहेका कोइराला कै पहल रहेको थियो ।

नगरपालिकाको सहजीकरण धुलाबारी स्थित अतिथि सदनमा विरामी महिलाले रिविन काटेर सो उपचार सेवा सुरु गरिएको छ । नेता कोइराला र मेयर बुढाथोकीले पनि आधा घण्टा प्राकृतिक तापिय उपचार सेवा लिएका थिए ।

सो उपचार विधिले शरिरका हाड जोर्नीलाई मजवुत पार्ने, थकान, छटपटि र तनावबाट मुक्त राख्ने , शरिरमा भएको बोसोलाई पगाल्ने, मेरुदण्ड, ब्लड प्रेसर, सुगर, मुटु, मृगौला, फोक्सो, कलेजो, नशा र शरिरको आन्तरिक अंगहरुमा सुधार ल्याउन मद्दत गर्ने चिकित्सकहरुको भनाइ छ । । यो प्रविधिबाट उपचार गर्दा एक महिनाको ४ हजार शुल्क लाग्ने आयोजकले जनाएको छ ।

वैकल्पिक चिकित्सा पद्दतिमा आधारित उच्चस्तरीय वैज्ञानिक प्रविधिबाट प्राकृतिक जेड स्टेन तापिय थेरापी र अल्कालाइन पानीको प्रयोग रोग प्रतिरोधात्मक स्वास्थ्यका लागि उपयोगी देखिएको हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष महेश आचार्यले बताए । साइड इफेक्ट रहित यस मेडिकल उपकरणको प्रयोगले विरामीहरुको छोटो समयमा स्वास्थ्य राम्रो भएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, सिंगदरवार वैधखानाका आयुर्वेद विज्ञ डा।बाबुकाजी अमात्य, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, हेल्थ एण्ड हेल्थ नेपालका पोखरा शाखा प्रमुख भरत तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत हेटौडाका प्रमुख चुडामणि पौडेलले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु