महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभामा सम्मान

2022-09-19 मा प्रकाशित

धुलाबारी । मेचीनगर(१० स्थित महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

अतिथि सदनमा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि दंगालले देशमा बढ्दै गएको आर्थिक संकटले हरेका व्यक्तिको जीवन कष्टकर बन्दै गएको बताए । कोरोना पछिको जनजीवन अस्तव्यस्त बन्दै गएको बताउँँदै प्रमुख अतिथि दंगालले जीवनको अप्ठेरोमा सहयोगी हुने एक मात्र संस्था सहकारी भएको उनको भनाई थियो । उनले संकटमा पनि बचत गर्ने बानीको विकास गर्न सदस्यहरुलाई अनुरोध समेत गरे । नेपालमा हाल २८ हजार ५८६ सहकारी रहेको र सहकारीले हजारौंलाई रोजगारी सिर्जना गरेपनि सरकारले नियमन नगर्दा धेरै सहकारीहरुमा समस्या सिर्जना हुन थालेको बताए । ‘बच्चा जन्माएर छोड्दा कतिदिन बाँच्न सक्छ,’ दंगालले भने, ‘आज सहकारी पनि त्यही परिस्थितिबाट गुज्रिरहेको छ ।’ उनले महालक्ष्मी सहकारी संस्थाको कार्यप्रगति राम्रो रहेको बताउँदै अझ सक्रिय भएर लाग्न सञ्चालक समितिलाई आग्रह समेत गरे ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर सहकारी अधिकृत दिपेन्द्र कार्की, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी प्रबन्धक मुना घिमिरे, मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्ले, सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शारदा शर्मा, महालक्ष्मी सहकारी संस्थाकी सल्लाकार सदस्य झुना बानियाँलगायतले बोलेका थिए ।

कार्यक्रमको अवसरमा सहकारीले नियमित बचतकर्ता, खुत्रुके बचत कर्ता, बालबचत कर्ता उत्कृष्ट ऋणी, जेष्ठ सदस्य, स्वास्थ्यकर्मीदेखि उत्कृष्ट कर्मचारीहरुलाई सम्मान प्रदान गरिएको थियो । सहकारीले नियमित बचतकर्ता तर्फ बिमला श्रेष्ठ र भूपेन्द्र भट्टराईलाई सम्मान गरेको छ । खुत्रुके बचत कर्ता तर्फ शान्ता भुजेल र कृषभ भण्डारी, बालबचत तर्फ राजन नेपाल, प्रत्युस चौधरी उत्कृष्ट ऋणी तर्फ खड्गबहादुर राई र देवी पोख्रेल त्यसैगरी जेष्ठ सदस्य सम्मान जानकी श्रेष्ठ प्रधान र कृष्णप्रसाद शर्मालाई प्रदान गरेको छ । सहकारीले पेन्सन बचत सुरज सुवेदी र केशमती राजवंशीलाई प्रदान गर्यो ।

सहकारीले मेचीनगरमा स्वास्थ्य क्षेत्रमा लामो समय सम्म योगदान गरेको भन्दै शसिकला राईलाई सम्मन गर्यो । त्यसैगरी, शिक्षाकर्मी शान्ति श्रेष्ठ, असल बुहारी रोशनी श्रेष्ठ, उत्कृष्ट कृषक सम्मान खड्गबहादुर अधिकारीलाई र उत्कृष्ट कर्मचारी सम्मान सुवणर क्षेत्री आचार्यलाई प्रदान गरेको छ । सम्मानीत सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले अविर र टीका लगाएर सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

२०६५ सालमा ५४ जना सदस्यको ५४ हजार सेयर पुँजीबाट सुरु भएको सहकारीमा हाल २३ सय ६३ जना सदस्य पुगेको र हालसम्म १ करोड १२ लाख ५१ हजार २०० सेयर पुँजी पुगेको तथा सहकारीले ११ करोड २१ लाख ५० हजार ३९ रुपैया निक्षेप संकलन गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सल्लाहकार सदस्य टीका सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु