काँकरभिट्टामा यात्रु सहायता कक्ष स्थापना

2022-09-24 मा प्रकाशित

मेचीनगर । ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा यात्रुहरुलाई सहज गर्नेको लागि यात्रु सहायता कक्ष सुरु गरिएको ट्राफिक प्रहरी कार्यालका काँकरभिट्टाका प्रमुख लीला कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा मेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठले भारती गाडीहरु जथाभावी राख्नाले केही समस्या भएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख ९डिएसपी० ज्ञानकुमार महतोले यात्रुहरुलाई सहज रुपमा व्यवहार गर्न र कुनै समस्या आउन नदिन आग्रह गरेका थिए । उनले यात्रुहरुले सावधानी नअपनाउँदा धेरै दुर्घटना भएको र अहिले दुर्घटना मुख्य कारण लापरबाहीको कारण रहेको उनले बताए ।

कार्यक्रममा अध्यक्षता गर्दै मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले पूर्वी सीमामा सहायता केन्द्र सुरु भएको हुनाले यसको विषेश महत्व रहेको उनले बताए । व्यवसायी नेत्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ, पत्रकार मुक्ति पौडेल, मजदुर नेता खडानन्द भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु