प्रेस क्लव मेचीनगरको आयोजनामा शुभकामना आदान प्रदान तथा नेपालमा पत्रकारिता विगत र वर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

2022-09-26 मा प्रकाशित

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा सोमबार शुभकामना आदान प्रदान तथा नेपालमा पत्रकारिता विगत र बर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले व्यानर पढेर गरेका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रमका अधिकाशं वक्ताहरुले स्थानीय सरकारले संचार माध्यमलाई महत्व नदिएको आरोप लगाए । कोरोना पछि संचार क्षेत्र संकटमा परेको बताउँदै समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनीहरुको जोड थियो । कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य,पूर्वअध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, इलाका प्रहरीका प्रमुख ज्ञानकुमार महतो, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, लगायतले वडा दशैंको शुभकामना व्यक्त गर्दै संचार क्षेत्रमा परेको संकट समाधानका लागि नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरे । जनप्रतिनिधिहरुले वडाका सूचना आफैले सामाजिक संजालमा पोष्ट गर्ने गरेर सञ्चारमाध्यमलाई धुमिल बनाउन खोजेको र जनतालाई सूचनाकोहकबाट बन्चित गरिहेको भन्दै पत्रकारहरुले आपत्ति समेत जनाएका थिए ।


प्रमुख अतिथि बुढाथाकीले नगर र सबै वडा कार्यालयलाई व्यवस्थित गर्न आफू लागेको बताए । नगरको प्रेस संयोजक नियुक्तिको तयारी भइरहेको जानकारी दिर्दै मेयर बुढाथाकीले पत्रकारले प्रविधिको विकाससंगै प्रवृतिलाई सुधार गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले अक्षयकोष स्थापनाका लागि नगद ५ हजार प्रेस क्लबलाई हस्तान्तरण गरेकी थिइन् ।
शुभकामना कार्यक्रम पछि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सहभागि पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले पत्रकारिताको इतिहास, वर्तमान र भविष्यको चुनौतिका बारेमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष जिआर धितालले र कार्यक्रमको सञ्चालन  सचिव देवु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु