विश्व पर्यटन दिवसमा काँकरभिट्टामा प्रभात फेरी

2022-09-27 मा प्रकाशित

डम्बर बराल

काँकरभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन् कार्यालय काँकरभिट्टाले प्रभात फेरी निकालेको छ । कार्यक्रममा होटल व्यवसायी, टुर एण्ड ट्राभल्स , जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र्यालीेले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो । र्याली पछि पर्यटन कार्यालय परिषरमा औपचारिक कार्यक्रम गरियो ।


कार्यक्रमको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले व्यानर पढेर गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन् विकासको लागि सम्बन्धित र सरोकारवाला निकायहरु क्रियाशिल हुनुपर्ने बताए । पर्यटन् कार्यालयको काम प्रभावकारी हुन नसकेको भन्दै उनले पर्यटन् प्रवर्धनको लागि साच्चै जुटनु पर्ने बताए । पर्यटन पवर्धनको लागि ३० वर्ष देखि कोठे छलफल भइरहेको छ । उनले भने, साच्चै पर्यटन् भित्र्याउने हो भने मेचीनगर मात्र होइन् , झापा, इलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई जोडेर बृहत पर्यटकीय गन्तव्य  बनाउनु पर्छ ।
उनले यातायात व्यवसायीबाटहरुको व्यवहारले बाह्यि पर्यटकहरु आजित बनेको टिप्पणी गरे । मेचीपुलबाट पश्चििक लाग्नासाथ तानातानको स्थिति हुन्छ । ठाउँ ठाउँमा १० जनाले नियन्त्रणमा लिने प्रयास गर्छन अनि पर्यटक कसरी भित्रिन्छन् । यो बानी सुधार नहुनेहो भने सहज रुपमा पर्यटक पूर्वीनाकाबाट नेपाल आउन चाहादैनन् । उनले पाहुनालाई सम्मान पूर्वक आउन र घुम्न दिनु पर्ने बताए ।


कार्यक्रममा विशेष अतिथि मेचीनगर ४ का वडाध्यक्ष अर्जन कार्की, नेपाल एशोसियसन टुर्स एण्ड ट्राभल्सका १ नम्बर प्रदेश अध्यक्ष उदय कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टका डिएस्पी ज्ञान कुमार महतो, मेची अभियानका अभियान्ता विजय डालमियाँ, मेची चरा संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायतले पर्यटन् प्रवर्धनमा अभियानका साथ अघि बढ्नु पर्नेमा जोड दिए । एसियन हाइवे तत्काल नखुल्दा पर्यटकहरुलाई नेपाल आउन समस्या भइरहेको र त्यसलाई खुलाउन सम्बन्धित निकायले पहल गर्नूपर्ने उनीहरुको भनाई थियो ।
पर्यटन कार्यालयका कार्यालय प्रमुख प्रलाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पर्यटन् कार्यालयका निरोज कट्टेलले गरेका थिए । कार्यक्रममा बाहुनडाँगीबाट आएको झाँकी समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा चरा अभियान्ता खरेलले सिचेका बिभिन्न चराहरुको फोटो समेत प्रदर्शनमा राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु