
बाहुनडाँगी । मेचीनगर –४ स्थित साना किसान कृषि सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
यहाँ स्थित सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कार्कीले किसानको जीवन स्तरलाई माथि उठाउने नयाँ अभियान आफ्नो वडाको प्राथमिकताको विषय भएको बताए । उनले यस किसिमको अभियानलाई सफल पार्न सहकारीसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रयत्न गरे यही माटोमा सुन फल्छ, उनले भने, ‘यहाँको माटो उर्भर छ । हात्तीले कम क्षति गर्ने प्रजातिका विभिन्न विरुवा लगाएर व्यवसायिक उत्पादनमा जुटनुको विकल्प छैन’ । मानव जीवनलाई सफल पार्न मानिसको खानपान र जीवनशैली परिवर्तन हुनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा साना किसान विकास लधुवृत्त वित्तिय संस्था इलाका कार्यालय बिर्तामोडका व्यवसाय प्रवर्धन अधिकृत तिर्थराज ओझा, राष्ट्रिय सहकारी बंैक धुलाबारीकी प्रवन्धक मुना घिमिरे, दुवागडी साना किसान सहकारीका प्रवन्धक लक्ष्मण घिमिरे, पानस सहकारी संस्थाका अध्यक्ष महेन्द्र मल्ल लगायतेले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट विद्यार्थी, जेष्ठ नागरिक, तथा उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ ।
सहकारीले यस वर्ष एस ई.ई परीक्षमा उत्कृष्ठ अंक ल्याउन सफल स्वस्तीका दर्जीलाई नगद २१ सय र प्लस टु मा उत्कृष्ठ अंक ल्याउन सफल समिर फुँयाललाई रु ३१सय नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।
त्यसैगरी कमला पुरीलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको छ । सहकारीले उत्कृष्ट सदस्य सम्मान चार जनालाई प्रदान गरेको छ ।
उत्कृष्ट ऋणी तर्फ समुह १९ की लक्ष्मी कार्की, उत्कृष्ट बचत कर्ता तर्फ समुह ५५ की सिता देवान , त्यसैगरी उत्कृष्ट समुह १६३ र उत्कृष्ट अन्तर समुह समुह १० लाई समेत सम्मान गरेको छ ।
सहकारी संस्थाकी अध्यक्ष टुका देवी दाहाल भण्डारीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष भण्डारीले आगामी दिनमा सदस्यहरुको जीवन स्तर उकास्ने बिभिन्न कार्यक्रम समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन् ।
लेखा प्रतिवेदन निवर्तमान लेखा सुपरिवेक्षण समितिकी संयोजक रीता ढकालले गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन सहकारी संस्थाका मुख्य प्रवन्धक पोषक कमार दर्जीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्