अधिकारी परिवार बन्यो विपन्न विद्यार्थीको साहारा, दाताको खोजीमा जुट्दै बौद्धमोड स्कूल

2022-10-02 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । मेचीनगर २ धिताल टोल निवासी तारानाथ तिम्सिना र उनकी श्रीमती जानुका तिम्सिना जीवनमा पहिलो पटक शुक्रबार औधी खुसी देखिए । उनीहरुको खुसीको एउटै कारण थियो छोरी सोनियालाई कक्षा १० सम्म ढुक्कले अंग्रेजी माध्यममै पढाउन गरिएको उद्घोष । बौद्धमोड इङ्लिस स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत सोनीयाको शिक्षा दिक्षाको जिम्मा हाल अमेरीकामा बस्तै आएका समाजसेवी अभि अधिकारीले लिएपछि छोरीलाई कक्षा १० सम्मै बोर्डिङमा पढाउन पाइने कुराले उनीहरुको खुसीको सीमा रहेन ।


आर्थिक अवस्था अत्यन्तै कमजार रहेको सो परिवारको आम्दानीको श्रोत केही छैन् । सोनियाकी आमा अपाङ्ग छिन् । बुबा मजदुरी गर्छन् । चित्राले बारेको सानो टहरो उनीहरुको लागि घाम पानीबाट जोगिने विश्रामलय जस्तै बनेकोछ ।
बौद्धमोड अंग्रेजी स्कुलले समाजमा आर्थिक अवस्था अध्यन्तै कमजोर भएका र आर्थिक रुपमै कमजोर अपाङ्गता भएका ५० जना बालबालिकाहरुलाई दाता खोजीगरी पढाउने लक्ष लिएर दाताको खोजीकार्यलाई तीब्रपारेको विद्यालयकी प्रिन्सिपल भावना राईले बताइन् ।


समाजसेवी अधिकारी हाल संयुक्त राज्य अमेरीकामा बस्दै आएका छन् । उनले सो रकम उनकै काका काकी सोमनाथ दाहाल र विष्णुमाया दाहाल मार्फत रु २२ हजार रुपैयाँ पठाएका थिए । सो रकम शुक्रबार सोमनाथ र विष्णुमायाले सोनिया र उनका बुबा आमालाई हस्तान्रण गरे ।
भतिजले पठाएको रकम बुझाउन आएका दम्पतीले सोनियाको अवस्था देखेर दशैं खर्चको लागि आफ्नो तर्फबाट रु ६ हजार पाँच सय रुपैयाँ नगद प्रदान गरे । विपन्न विद्यार्थीको लागि दाता खोजीमा जुटेको विद्यालयले दाहाल दम्पतीलार्ई समेत एकजना विपन्न विद्यार्थीको लागि अभिभावकत्व प्रदान गर्न अनुरोध गरेपछि उनीहरुले समेत कक्षा ६ मा अध्ययनरत रोजिना दर्जीको कक्षा १० सम्मको पढाई खर्च व्यहोर्ने भका छन् ।


त्यसैगरी मेचीनगर २ मिनिमाउण्टेन स्थायी घर भई हाल अमेरीकामा बस्तै आएका रमेश राईले समेत विगत केही वर्ष अघिदेखि एक जना विद्यार्थीको लागि आवश्यक रकमको प्रवन्ध गरिरहेको र आगामी दिनमा थप केही विद्यार्थीको पढाइ खर्चको प्रवन्ध गर्ने बचन दिएको विद्यालयले जनाएको छ ।

विपन्न परिवारका छोरा छोरीलाई निशुल्क रुपमा पढाउने अभियान विद्यालयले यस अघिनै सुरु गरेको पिन्सिपल राईको भनाइ छ । विद्यालयले स्वर्गीय भवानी निरौला स्मृति कोषबाट ४ जना विद्यार्थी पढाउँदै आएको र उनीहरुलाई कक्षा १० सम्म निशुल्क पढाइने प्रिन्सिपल राईले बताइन् । समाजमा रहेका विपन्न विपन्न परिवारका छोराछारी हरुलाई राम्रो शिक्षा दिने हाम्रो अभियान हो । राईले भनिन् , ‘हामी आगामी वर्ष ५० जना विपन्न परिवारका विद्याथीलाई अभिभावकत्व प्रदान गरी उनीहरुको पढाइलाई सुनिश्चिित गर्ने छौं ।’ उनले यस कार्यमा सहयोग गरिदिन अपिल समेत गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु