प्रतिष्ठानका अध्यक्ष उप्रेतीद्वारा आफ्नो जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

2022-10-03 मा प्रकाशित

मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् ।

सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

सो रकम कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला र प्रतिष्ठानका अध्यक्ष उप्रेतीले महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले समाजसेवी उप्रतीले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । उनले जनताले अघोषितरुपमा परिवर्तनको संकेत गरेकाले अब खासगरी मुलधारका राजनीतिक दलले करेक्सन गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले समाजसेवी उप्रेतीको यसरी नै १०० वर्षको जन्मोत्सव मनाउन पाउँ भन्दै महासंघको पत्रकार उपचार कोषलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

उनले यसवर्ष १ करोड पुर्याउने लक्ष्य रहेको बताए । उनले हालसम्म ६० लाख भन्दा बढी सहयोग जुटिसकेको जानकारी दिए ।

कार्यक्रममा सञ्चार उद्यमी समेत रहेका उप्रेतीले विगतदेखि हालसम्म भोगेका सकारात्मक र नकरात्मक पक्षहरुका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजसेवी डिल्लीराम घिमिरेले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु