झापा १ मा महामन्त्री विश्वप्रकाशले गरे उम्मेद्वारी दर्ता

2022-10-09 मा प्रकाशित

मेचीनगर । झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेद्वारी दर्ता गराएका हुन् । झापा १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग हुँदैछ ।

२०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीसँग पराजित शर्मा तेस्रोपटक चुनावी परीक्षामा होमिँदैछन् ।
झापा(१ मा प्रदेश सभामा सत्ता गठबन्धनबाट प्रदेश सभामा ‘क’ मा कांग्रेसका गोपाल तामाङ र ‘ख’ मा माओवादीका श्यामवीर लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन् ।  गठबन्धनको टोली दिउँसो २ बजेर ४५ मिनेटमानिर्वाचन अधिकृतको कार्यालय मेचीनगर उम्मेद्वारी दर्ताको लागि पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु