झापा १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका खरेलले गरे उम्मेद्वारी दर्ता

2022-10-09 मा प्रकाशित

मेचीनगर । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले झापा निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार मनोनयन दर्ता गराएका छन् । राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले झापा  १ बाट प्रतिनिधि सभा सदस्यमा अग्नी गरेललाई  अघि सारेसँगै खरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् ।झापा १ बाट यस अघि रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो । नेकपा एमालेले अन्तिम समयमा कोइरालाको नाम प्रतिनिधि सभा सांसदको लिष्टबाट हटाएर प्रदेश १ क मा राखेपछि एमाले भित्र असन्तुष्टि समेत बढेको छ । कोइरालाले प्रदेशमा उम्मेद्वारी नदिने चर्चा भएपनि उनले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी प्रदेश १ ख मा राप्रपाकी सविना बजगाईँले उम्मेद्वारी दर्ता गराएकी छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु