पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई छैनः महामन्त्री शर्मा

2022-10-11 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको बताएका छन् ।

धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले सो कुरा बताएका हुन् । वैशाख ३० को जस्तो गडबडी मंसिर ४ माकसैले गरे त्यो ठिक नहुने उनले चेतावनीसमेत दिए ।” वैशाख ३० मा गडबडी गरेकै हो, मंसिर ४ मा पनि गरिन्छ भन्ने गलत सोच दिमागबाट हटाइहाल्नुस् । ” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्मालेले भने,” कसैले गडबडी गरेर गठबन्धनका उम्मेदवारको पराजय भयो भने उसलाई पार्टीले छोड्दैन।” उनले मुलुक विकासका लागि नवीन बिद्रोह जरुरी रहेको समेत बताए । भौतिक प्रगति मात्रै विकास नभएको उल्लेख गरेका उनले समाज रुपान्तरण नभएसम्म विकास नहुने टिप्पणी गरे ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले काङ्ग्रेसले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । ” चुनावी परिणाम हाम्रो पक्षमा आउँछ, चुनाव जितिन्छ” उनले भने,” त्यसका लागि जीत, जीत र जीत अर्जुनदृष्टी हुनैपर्छ ।” गठबन्धनको विजयी सुनिश्चित भएको दाबी गरेका उनले ५ वर्षको जनादेशलाई इमानदारी साथ सम्मान गर्ने बताए । ”

पार्टीको चुनावी घोषणापत्र तयारी समितिका संयोजक समेत रहेका शर्माले आफ्नो नेतृत्वमा निर्माण हुने घोषणापत्रमा देशको मार्गचित्रको स्पष्ट रेखा कोरिने विश्वास दिलाए । यसपटक झापा १ मा आफू र गठबन्धनका उम्मेदवारले चुनाव जित्नेमा सन्देह नरहेको शर्माले बारम्बार दोहोर्याए ।
कार्यक्रममा प्रदेशसभाका उम्मेदवार गोपाल तामाङ, श्यामवीर लिम्बु, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा, झापा९१ का काङ्ग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

चुनावी अभियान अन्तरगत झापा १ को यो कार्यक्रम पहिलो हो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार गोपाल तामाङ, श्यामवीर लिम्बु, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा, झापा १ का काङ्ग्रेस सभापति इन्द्रबहादुर बुढाथोकीलगायतले बोलेका थिए । चुनावी अभियान अन्तरगत झापा १ को यो कार्यक्रम पहिलो हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु