एमालेविरुद्ध गतिविधि गर्ने सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्म कारवाहीमा

2022-10-13 मा प्रकाशित

विर्तामोड २७ असोज  । आगामी मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीको निर्णय विरुद्घ स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेका एमाले जिल्ला तहका नेता कार्यकर्तालाई पार्टीले कारवाही शुरु गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी झापाले विहीबार विज्ञप्ती जारी गदैं पार्टी विरोधी गतिविधि गर्ने पार्टी निर्णयको पक्षमा दृढताका साथ नउभिई पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारहरुलाई जिताउनको सट्टा स्वतन्त्र तथा अन्य दलको चुनाव चिन्हमा उम्मेदवारी घोषणा गरेकालाई कारवाही शुरु गरेको जनाएको छ ।

जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको हस्ताक्षरसहित जारी विज्ञप्तीमा मंसिर ४ को निर्वाचनमा केही निर्वाचनक्षेत्रहरुमा पार्टी निर्णयको वार्खीलाप हुने गरी स्वतन्त्र उम्मेदवार दिने तथा अन्य पार्टीको चुनाव चिन्हमा उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि भएको उल्लेख छ । पार्टीले जिल्ला कमिटी सचिवालय सदस्यदेखि पूर्व नगरप्रमुखसम्मलाई कारवाही गदैं पार्टीको सवै जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको विज्ञप्तीमा जनाइएको छ ।

नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य एवम् पूर्व हल्दीबारी गाउँपालकिाका उपाध्यक्ष डम्बरबहादुर गिरीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले पार्टीको सवै जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । गिरीले पार्टीको निर्णय विरुद्घ झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि कारवाही स्वरुप निस्काशन गरेको अध्यक्ष कार्कीको भनाई छ । पार्टी बिरोधी गतिविधि गर्ने अर्जुनधाराका पुर्व नगरप्रमुख हरि राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको विज्ञप्तीमा भनिएको छ ।

एमालेले स्थानीय आवश्यकतालाई मध्यनजर गदैं झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बन्नु भएका अध्यक्ष राजेन्द्र लिङ्देन , प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ‐ख) बाट सविता बजगाई र प्रदेश सभा निर्वाचन क्षेत्रनमबर ४‐ख) बाट भक्तिप्रसाद सिटौला उम्मेदवार बन्नुभएको छ । झापाको अन्य निर्वाचन क्षेत्रमा एमालेका सूर्यध्वजावहाक उम्मेदवार भएको विज्ञप्तीमा उल्लेख छ । राप्रपाको हलो र एमालेका सूर्य चुनाव चिन्हका उम्मेदवारहरुलाई मतदान गर्न एमाले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरुमा विज्ञप्तीमा अनुरोध गरिएको छ । पार्टीको निर्णयको विरुद्घ प्रत्यक्ष परोक्ष गतविधिमा संलग्न जो कोही नेता कार्यकर्ताहरुको पहिचान गरी तत्काल कारवाही गरिने विज्ञप्तीमा उल्लेख छ । ‘समृद्घ नेपाल सुखी नेपाली ’महान आकाक्षाँलाई पूरा गर्ने र राष्ट्रिय स्वाभिमान एवम् राष्ट्रिय अखण्डतालाई जोगाउने चुनौतीका साथ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा एमालले सूर्यध्वाजावहाक उम्मेदवारहरुको उम्मेदवारी दर्ता गरिसकेको र राष्ट्रियता, लोकतन्त्र, समृद्घि र जनजीविकाका लागि, देशीदिेशी प्रतिक्रियावादीहरुको षडयनत्र र घेराबन्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल आवश्यक परेको विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु