घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

2022-10-17 मा प्रकाशित

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् ।

क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै पुगेर सुने र ति समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाए । गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर जिताउन आग्रह गर्दे प्रदेश सदस्य उम्मेद्वार गोपाल तामाङले भने – हामीलाई विश्वास गरेर मत दिनुहोस, हामी तपाईहरुको भरोसालाई टुट्न दिने छैनौं , । गठबन्धनका उम्मेद्वारसहितको टोलीले मेचीनगर–४, बाहुनडाँगीको खिलनाथ टोल, प्रेम टोल, विपी टोल, भूविक्रम टोलका मतदातासँग भेटघाट गरेको छ । भने मेचीनगर–६, काँकरभिट्टाको पश्चिम प्रगति टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

संयुक्त गठबन्धनको चुनाव केन्द्रित ‘अर्जुन दृष्टिको अभियान’ लाई निरन्तरता दिँदै घरदैलो अभियानमा तीब्र पारिएको जनाएको छ । शनिबारबाट सुरु गरेको घरदैलो अभियान आइतबार मेचीनगर–१ स्थित निन्दा सिरान, माथिल्लो बाँसे र मेचीनगर–६ मध्य तथा पश्चिम प्रगति टोलमा घरदैलो अभियान सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य सोभा नेम्वाङ श्रेष्ठ, जिल्ला सदस्य ललित तामाङ, मेचीनगर ४ नं वडा सभापति सागर कार्की, महिला संघ क्षेत्रीय सभापति रचना घिमिरे, तरुण दलका क्षेत्रीय सभापति अर्जुन राई, निरज घिमिरे, माओवादी नेता विनोद मण्डल सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु