निर्माण व्यवसायीले गरे मेचीनगरका इन्जिनियर कमल कोइरालाको बिदाई

2022-10-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइरालालाई बुधबार निर्माण व्यवसायीहरुले बिदाई गरेका छन् ।
२०५६साल माघ–१ गतेबाट मेचीनगरपालिकामा इन्जिनियर पदमा जागिर सुरु गरेका कोइराला भोलि बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि उनलाई निर्माण व्यवसायी संघ झापा तथा मेचीनगर निर्माण व्यवसायी संघले कार्यकक्षमै पुगरे बिदाई गरेका हुन् । मेचीनगर–१० निवासी कोइराला मेचीनगरपालिकाको पहिलो इञ्जिनियर पनि हुन् । उनले नगरमा थुप्रै युवाहरुलाई प्राविधिक शिक्षाको विषयमा प्रशिक्षित समेत गरिरहेका छन् ।


व्यवसायीहरुले टिका, र खादा लगाएर मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए । निर्माण व्यवसायी संघ झापाका पूर्व महासचिव एवम् दर्पण निर्माण सेवाका प्रोपाइटर ओम पौडेलले कार्यक्रमको सञ्चालन गर्दै मेचीनगरका विभिन्न क्षेत्रमा भएका भौतिक पूर्वाधार तथा संरचना निर्माणमा कोइरालाले पुर्याएको योगदानको चर्चा गरे । उनले समृद्ध नगर निर्माणमा कोइरालाको प्रविधिक सहयोग महत्वपूर्ण रहेको बताए ।
इन्जिनियर कोइरालालाई निर्माण व्यवसायी संघ झापाका सदस्य एवम् उद्देश्य निर्माण सेवाका प्रोपाइटर नयन बरालले खादा र टिका पहिर्याएर मायाको चिनोको रुपमा गणेश भगवानको प्रतिमा प्रदान गरेका थिए ।


बिदाई कार्यक्रममा पि.एण्ड.पी निर्माण सेवाका प्रोपाइटर प्रितम खड्का, पूर्वेली निर्माण सेवा प्रा.लि.का प्रोपाइटर टिकाराम धमला , खनाल निर्माण सेवा प्रालिकाका तर्फबाट राकेश खड्का , ओम बाठो निर्माण सेवा प्रा.लि.का प्रोपाइटर तथा मेचीनगर –११ पूर्व वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर नगरपालिकाका आलेप अधिकृत राजन भेटवाल, सब इन्जिनियर  कमल शर्मा लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु