भोटहाल्ने कुरामा बैमान नगर्न ओली र लिङदेनले कार्यकर्तालाई दिए निर्देशन

2022-10-19 मा प्रकाशित

मेचीनगर, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान ९टाउन हल० मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा भोट हाल्न निर्देशन गरेका हुन् ।

‘राप्रपासँग तालमेल भएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने –‘एमाले कार्यकर्ता इमानदार छन् । राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा भोट हाल्नु पर्छ ।’

यता राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्य चिन्हमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताए ।

‘हाम्रा कार्यकर्ता विश्वाससिला र इमानदार छन्’, लिङ्देनले भने–‘धोका हुँदैन । झापा–१ मा सूर्य चिन्हमा हालेको भोट क्षेत्र नम्बर ३ मा हलोमा जान्छ । राप्रपाका कार्यकर्ताले देशभरि नै सूर्य चिन्हमा भोट हाल्नु पर्छ ।’

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु