अन्तर विद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयलाई

2022-10-20 मा प्रकाशित

बाहुनडाँगी । मेचिनगर –३ बडाख स्थित थेसिस अंग्रेजी माद्ययमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तरविद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयले हात पारेको छ ।

असोज ३१ गतेबाट सुरु भएको खेलमा मेचिनगरका दुर्गा आवसीय मावि धाइजन, हिमालयन एकाडेमी धुलाबारी, अरुणोदय आवसीय मा.वि.काकरभिट्टा, दोकानडाँडा स्कुल दोकानडाँडा , मेरिगोल्ड स्कुल आमडाँगी ,विद्याविकास स्कुल बाहुनडाँगी ,ओसियानिक स्कुल बौद्यमोड र आयोजक स्कुल थेसिस अंग्रेजी मा.बि. बीच प्रतियोगिता भएको थियो । पहिलो दिन थेसिस र दोकानडाँडा बीच भएको खेलमा थेसिसले १ गोल अन्तरले दोकानडाँडालाई हराएको थियो भने दुर्गा र विद्याविकास बीच भएको खेलमा विद्याविकासले १ गोल अन्तरले दुर्गालाई हराएको थियो । तेसै गरी ओसियानिक र मेरिगोल्ड बीच भएको खेलमा मेरिगोल्डले जीत हासिल गरेको थियो । हिमालयन एकाडेमि र अरुनोदय बीच भएको खेलमा अरुणोदयले बाजी मारेको थियो । दोस्रो दिन सेमि फाइनलमा विद्याबिकासले थेसिसलाई पेनल्टीमा १ गोल अन्तरले हराएर फाइनलमा प्रवेश गरेको थियो भने,मेरिगोल्ड र अरुनोदय बीच भएको खेलमा अरुणोदये जित हात पारी फाइनलमा प्रवेश गरेको थियो ।


असोज २ गते भएको फाइनल खेलमा विद्याबिकासलाई दुई गोलले पछि पार्दै अरुणोदय माविले उपाधि हात पारेको आयोजकले जनाएको छ ।
थेसिस स्कुलले गठन गरेको “थेसिस स्टुडेन्ट युथ क्लब” को सक्रियतामा प्रत्येक वर्ष यस किसिमको प्रतियोगिता आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल डम्बर रुचालको सभापतित्व तथा दिप ज्योति टोल विकास समितिका अध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कनभेन्ट स्कुल धुलाबारीका संस्थापक प्रिन्सिपल एव प्याब्सन झापा खेलकुद समितिका सदस्य बिक्रम क्षेत्री, राष्ट्रिय खेलाडी बिसाल राई, ओसियानिक स्कुलका सहायक व्यवस्थापक एवं प्रिन्सिपल श्री पदम रुचाल, बाहुण्डाँगी रेडक्रसका सभापति लागायतको उपस्थिति थियो । कार्यक्रमका विशेष अतिथि बिक्रम क्षेत्री , धन बहादुर राई र डम्बर रुचाल लगायतले बोलेका थिए ।
“थेसिस स्टुडेन्ट युथ क्लब” का अध्यक्ष कक्षा १० का छात्र बसन्त राई र शिक्षक अनिल लोहारले कार्यक्रम सञ्चालन गरेका थिए

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु