जन्मदिनको अवसरमा जागृत बालआश्रममा खाद्यन्न र आर्थिक सहयोग

2022-10-21 मा प्रकाशित

काँकरभिट्टा । अमेरिकामा बस्दै आएका राजेश गौतम र राधिका गौतमकी छोरी सिया गौतमको जन्मदिनको अवसर पारेर काँकरभिट्टामा रहेको जागृत बालआश्रमलाई सहयोग गरेका छन् । उक्त रकम नेपाल आएको अवसर पारेर शुक्रवार विभिन्न खाद्यन्न सहित रकम सहयोग गरेका हुन् ।

उनीहरुले २५ हजार बराबरको खाद्यन्न सामाग्री र २० हजार रुपैया सहयोग गरेका थिए । जसमा ४ बोरा चामल, २ बोरा चिउरा र मुरइ, २० केजी दाहाल, १ काटुन साबुन, १ काटुन अण्डा, २ काटुन तेल, १ काटुन भुजिया, ३ क्रेट जुसलगायतका सामाग्री हस्तान्रतण गरेका थिए भने त्यहाँ रहेका १४ जना बालबालिकालाई जाडोमा ज्याकेट किनिदिनका लागि २० हजार नगद हस्तान्तरण गरेका हुन् ।
बालआश्रमकी अध्यक्ष बिना तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालआश्रमका उपाध्यक्ष बालकृष्ण थापा, सदस्य विकास देवकोटा, दाताकातर्फबाट राजेश गौतम, राधिका गौतम, धनबहादुर न्यौपाने, मनमाया न्यौपाने, पत्रकारहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, पर्वत पोर्तेल, डम्बर बराल, दिलिप थापालगायतको उपस्थितिमा उक्त सहयोग सामाग्री सहस्तान्तरण गरिएको थियो ।

कार्यक्रमा बोल्दै राजेश गौतमले बसाई विदेश भए पनि नेपालको सधैँ माया रहेकाले नेपाल आएर सानो सहयोग गर्न पाउँदा खुसी भएको र आगामी दिनमा अमेरिकाबाट पनि यो संस्थालाई सहयोग गर्ने बताए । साथै उनले बच्चाहरुको भविष्यका लागि आफु पनि सधै साथ र सहयोग गर्ने बताए । कार्यक्रमको सञ्चालन देबु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु