मेचीनगरमा थप एकजनामा कोराना पुष्टि

2020-07-06 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो ।

असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो ।

उनको सोमबार स्वास्थ्य मन्त्रालयले पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु