झुटा फेसबुक पेज र ग्रुपहरु तत्काल हटाउ निर्वाचन आयोगको निर्देशन

2022-10-25 मा प्रकाशित

झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी झुटा फेसबुक पेज र ग्रुपको प्रयोग बढी रहेको भन्दै निर्वाचन आयोगले त्यस किसिमको कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस किसिमको कार्य तत्काल रोक्न निर्देशन दिएको हो । फेसबुक पेज र ग्रुपहरुवाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको प्रस विज्ञप्तिमा उल्लेख छ । झुटा फेसबुक पेज र ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१)तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ। निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेल द्वारा हस्तक्षरित विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज र  ग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ विज्ञप्तिमा उल्लेख छ। साथै, उक्त फेसबुक पेजरग्रुपहरु तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु