छठ पर्व आजदेखि सुरु

2022-10-28 मा प्रकाशित

झापा, ११ कार्तिक । तराई क्षेत्रमा विषेश उल्लासका साथ मनाईने छठ पर्व औपचारिक रुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज नहाय खाय विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड लगाएत पोखरीलाइ सजिसजाउ पारिएको छ ।

यस्तै नेपालका तराइ क्षेत्रमा रहेका पोखरी र तालहरू छठ पूजा गर्नका लागि तयारी अवस्थामा राखिएको छ । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिनमा सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गर्ने गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । छठमा पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ ।

छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई अर्वाअर्वाइन खाने चलन रहेको छ । कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ । साँझका समयमा घण्टौसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबा लगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अघ्र्य चढाउने गरिन्छ । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने चलन रहेको छ

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु