स्वतन्त्र उम्मेद्वार अधिकारी मतमाग्दै घरदैलोमा

2022-11-06 मा प्रकाशित

झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् ।

अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् ।

स्वतन्त्र उम्मेद्वार अधिकारीले आफ्नो पक्षमा जनता भोट दिन आतुर रहेको बताए । “राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र निर्माणको महान अभियान लिएर मतदाताको घरदैलोमा पुगिरहेका छौंँ,” उनले भने, “हामी मतदाताको घरमा पुग्दै गर्दा पार्टीप्रति वितृष्णा जागेको अवस्था छ ।”

स्वतन्त्रसँग पार्टीका उम्मेद्वारहरु जसरी तामझाम छैन । यद्यपि उनले झापा क्षेत्र नं १ का प्रायः सबै मतदातालाई भेट्ने क्रम जारी राखेका छन् । भेटका क्रममा लौरो चिन्हमा मतदान गर्ने मतदाताले विश्वास दिलाएका छन् । उनले शनिबार काँकरभिट्टा क्षेत्रमा मत मागेका छन् भने आइतबार बुद्धशान्ति(४ र ५ वडाको गौँडा, ठुटेवर, गडीगाउँ क्षेत्रका मतदातासँग लौरो चिन्हमा मत मागेका हुन् । विगतमा एमालेको राजनीतिमा सक्रिय खगेन्द्र भेटवाललगायतका युवा पंक्तिले चुनावी अभियानमा उनलाई साथ दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु