सुचिकृत हुने भए मेचीनगरका लोकउन्मुख समुदाय

2020-07-07 मा प्रकाशित

धुलाबारी । राज्यले दिने सुविधाको पहुचबाट बाहिर रहेका मेचीनगरका अल्पसंख्यक तथा लोकउन्मुख समुदायहरु लाई अव भने त्यो अवसर मिल्ने भएको छ । राज्यले सुचिकृत नगर्दा उनिहरु सुविधाबाट बन्चितहुँदै आएका छन ।


सरकारले अल्प संख्यक समुदायको रुपमा रहेका मेचे, किसान समुदायलाई सुचिकृत गरेको भएपनि कँवर, रौतिया, मुण्डा, उराउ, मल्ला, र ग्वाल जाती हालसम्म सुतिकृत हुन सकेका थिएन् । राज्यबाट पाउने बिभिन्न सुबिधाबाट बन्चित हुँदै आएका उनिहरु अव भने सुचिकृत हुने भएका छन् । मंगलबार मेचीनगर ११ स्थित सामुदायिक भवनमा एक कार्यक्रमका बीच मधेस आयोगका अध्यक्ष डा। विजय कुमार दत्तले आयोगले सुचिकृतको लागि प्रकृया अगाडी बढाउँदै अध्ययन थाल्ने बताए । कोरोना महाकमारीका कारण केही समय काम प्रभावित भएको भएपनि अव रफतारमा आयेग अघि वढेको उनले बताए । १४ महिना अघि मात्र गठन भएको आयोगले पश्चिम दार्चुलादेखि पूर्व मेचीनगर सम्म आइपुगेको र अल्प संख्यक समुदायको सचिकृत गर्ने काम अघि वढेको उनको भनाई छ ।
कार्याक्रममा मेचीनगर ११ वडाध्यक्ष सन्तोष मेचे, नेकपा नेता शान्तिराम चिमरिया, नेपाली काङ्ग्रेसका नेता लक्ष्मि प्रसाई, समाजसेवी दुर्गाप्रसाद प्रसाई, स्थानिय सुरज कँवर राम कँवर, परिमल ग्वाल, सविवना ग्वाल, जिवन रौतिया, पिङ्की कँवरलगायतले वोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु