आरक्षणले बिभेदअन्त्य हुँदैन :ओली

2022-11-10 मा प्रकाशित

झापा, २४ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय बिभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपबाटमात्र हुने बताए ।

झापाको दमकमा एमाले निकट नेपाल उत्पिडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन । त्यसले अन्य ज्ञान सीप र क्षमतालाई निस्कृय बनाएर लान्छ । आरक्षणले एउटा निश्चित ब्यक्ति समुदाय भित्रका पनि केही ब्यक्तिलाई मात्र अवसर दिन्छ । तर आम आरक्षणमा पर्नु पर्ने मानिस यसबाट बन्चित भएको नेपालमा नै धेरै उदाहरण भएको बताउँदै यसको अन्त्य हुनु पर्ने बताए ।

लामो समयदेखि उत्पिडनमा परेका जाति समुदायलाई केही समयका लागि व्यवस्था गरिएको आरक्षण अब लामो समय जानु नहुने बताउनुभयो । उनले हरेक समुदायलाई आरक्षण भएर समान हक, अधिकारसहितको अवसर दिनुपर्ने बताए ।

नेपालमा संबिधान कानुनमा बिभेद हटेको बर्षै भए पनि मानिसको चेतना र व्यवहारमा बाँकी रहेको उनको भनाई छ । सबै शिक्षाले यसको बिभेदलाई हटाउन सकिने उहाँको तर्क थियो । देशमा भएको जातीय बिभेद बिरुद्ध संगठित रुपमा नेकपा एमालेले उठाउदै आएकाले अब राज्यतह बाटै बिभेद उन्मुलनको योजना अघि बढाईने अध्यक्ष ओलीले बताए ।

सोही कार्यक्रममा नेपाली काँग्रेसकी स्थानीय नेता तथा बिभिन्न संघसस्थामा आवद्ध मिना कोइरालाई नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु