जेष्ठ नागरिकले भने – वृद्वभत्ता पाएका छौं भोट हाल्छौं

2022-11-11 मा प्रकाशित

मेचीनगर । मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् ।

मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् ।

‘वृद्वभत्ता दिने पार्टी एमाले रहेकोले अन्य पार्टी र व्यक्तिले फुटानी नलडाए हुन्छ’, ज्येष्ठ नागरिक दाहालले भने–‘मनमोहनले सुरु गरेको वृद्वभत्ता बढेको बढ्यी छ । एमालेले दिएको हामीले खाइरहेका छौँ ।’

स्थानीयले उम्मेदवार कोइरालालाई आर्शिवाद, माला र टीका लगाईदिएर जीतको अग्रिम शुभकामना दिएका थिए । एमालेका नेता समेत रहेका कोइरालाले उहाँ ९कमरेड मनमोहन० ले रोपेकै विरुवा अहिलेसम्म फल्दै गरेको बताएका छन् ।

एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला १०० रुपैयाँबाट सुरु गरेको वृद्वभत्ता अहिले ४ हजार पुगेको छ । अब फेरि एमालेको बहुमतको सरकार बने ५ हजार पुग्ने एमालेको घोषणा पत्रमा सार्वजनिक गरिसकेको छ ।

स्थानीयबासीले नदिकटान, सडक कालोपत्र, टिमाई नहरको व्यवस्थापन, सिञ्चाई, सुकुमबासी, जन्मसिदको नागरिकता लगायतका समस्याहरुका विषयमा उम्मेदवारलाई गुनासा पोखेका थिए ।

मेचीनगर–१५ को नहर टोल, कैयाटोली, भाङगोला, कँछुबारी, ग्याङबारी, रघुविरबारी, लालझोडा, ख्यामका चिया वगानका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिकका उम्मेदवार भीम खवास, नेकपा एमाले मेचीनगर–१५ को निर्वाचन परिचालन कमिटीका संयोजक चेतन विष्ट, सन्तोष आचार्य, शुशिल आचार्य, कोटिया राजबंशी, इन्द्रप्रकाश बाँस्कोटा, गोविन्द गिरी, गंगा श्रेष्ठ, कुस्मी चौधरी, चेतबहादुर राउत, पदम गौतम, टीका ढकाल लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु