ओली भोलि मेचीनगर आउने

2022-11-16 मा प्रकाशित

मेचीनगर, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–१ को चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउनेभएका छन् ।

नेकपा एमालेले मेचीनगर ७ इटाभट्टामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न ओली झापा आउने कार्यक्रम रहेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए ।

झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाई उम्मेद्वार रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु