प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली :ओली

2022-11-17 मा प्रकाशित

मेचीनगर, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली भएको बताएका छन् ।

विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली काँग्रेसको खोक्रो रुख र माओवादी केन्द्रको काठको हँसिया हतौडाले काम नगर्ने बताए ।

अध्यक्ष ओलीले भने ‘एमालेसँग माओवादी पार्टी एकता हुँदा मैले छेउमा राखेर पार्टी अध्यक्षसम्म चलाउन दिए । तर उनलाई पचेन । प्रचण्डले एमालेसँग गम लगाएर टासेका थिए । उनलेपछि पक्लक उक्काएर हिडे ।’

‘उनीहरुको नीति, सिदान्त केहि छैन’, अध्यक्ष ओलीले भने–‘विकासका एजेण्डा पनि केहि छैनन् । प्रचण्ड सुरुमा रोल्पामा उठे, त्यसपछि काठमाडौँ गए, अनि फेरि सिराहबाट चितवान हुँदै अहिले काहिँ टिक्न नसकेर भागेर गोरखा पुगे ।’

‘पाँच दलको गठबन्धनले एमालेको सरकार संसदबाट ढाल्न नसकेर अदालतबाट परमादेश लिएर आए’, अध्यक्ष ओलीले भने–‘मंसिर ४ गतेपछि गठबन्धनका मान्छे को कहाँ पुग्ने हुन् । माधव नेपाल र लोसपा त सकिए । अब शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड मात्र बाँकी छन् गठबन्धनमा । एउटा कांग्रेस र अर्को कम्युनिष्टका हुन् तर दुई जना एउटै हुन् । उनीहरुले मितेरी साइनो लगाएका छन् ।’

उनले म्ंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने समेत दावी गरे । एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धन गरेका छन् । टालटुले गठबन्धनसँग राष्ट्रभक्त पार्टी राप्रपाले गठबन्धन गर्न नसकेको ओलीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु