झापा १ : मतगणना भोलि बिहानदेखि सुरु हुने

2022-11-20 मा प्रकाशित

झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र नम्बर १ मा शान्तिपुर्ण रुपमा मतदान सकिएको र अहिले मतपेटिका संकलनको काम भइरहेको अधिकृत महतले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु