झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

2022-11-20 मा प्रकाशित

झापा, मंसिर ४ । झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
बिहान ७ बजे सुरु भएको मतदान तोकिएको समय ५ बजे भन्दा केही समय पछि सम्पन्न भएको हो ।
अहिले मतपेटिका संकलनको कार्य भइरहेको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । १ लाख २० हजार ३७५ मतदाता रहको झापा १ मा ८७ हजार ३९६ मत खसेको छ । यो प्रतिशतको हिसावले ७२.६० हो । १ लाख ३४ हजार ९१ मतदाता रहेको झापा क्षेत्रनम्बर २ मा ८७ हजार ७ सय २३ मत खसेको छ । त्यसैगरी १ लाख ३९ हजार ४३२ मतदाता रहेको झापा ३ मा ८९ हजार ६३४ मत खसेको छ । उता क्षेत्रनम्बर ४ मा १ लाख २३ हजार १२४मतदाता  रहेपनि ७९ जहार ३४९ मत खसेको छ भने झापा क्षेत्र नम्बर ५ मा १ लाख २ हजार १५० मत खसेको छ । यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु