झापा १ प्रतिनिधि सभातर्फ १२ वटा मतपेटिका गणनाका लागि खोलियो

2022-11-21 मा प्रकाशित

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ ।

गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि मेचीनगर ८ (ख)केन्द्र, मेची विद्योदय आवि मेचीनगर ८ (क)केन्द्र, धुलावारी मावि मेचीनगर १० ग केन्द्र, महानन्द मावि मेचीनगर १० ख केन्द्र, कालिका मावि मेचीनगर १५ तथा अरनिको मावि मेचीनगर ७ ख केन्द्रबाट गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै अर्को कोठामा शहिद दशरथ मावि मेचीनगर १३ घ केन्द्र, प्राथमिक स्वास्थय केन्द्र मेचीनगर १० ग केन्द्र, आदर्श मावि मेचीनगर ८ घ केन्द्र, भानु निमावी मेचीनगर ११ ख केन्द्र आदर्श मावि मेचीनगर ८ ग केन्द्र तथा मेची विद्योदय मावि मेचीनगर ८ ख केन्द्र खोलिएको छ ।

मत पत्र सटिङ पश्चात गणना सुरु हुने बताइएको छ ।

झापाको निर्वाचन क्षेत्र नं. १ मा ८१ हजार ७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु