झापा १ :विश्वप्रकाशको अग्रताले छलाङ् मार्याे ७६९७ मत गणना हुँदा शर्मा १६०२ मतले अगाडि

2022-11-21 मा प्रकाशित

मेचीनगर, ५ मसिंर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणनाको शुरूवातमै फराकिलो अग्रता कायम गरेका छन् । झापा १ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले नेकपा एमालेका अग्नी खरेललाई १६०२ मतले पछि पारेका छन् ।

भर्खरै ७ हजार ६ सय ९७ मतगणना हुदा काँग्रेसका शर्माले ३९६१ पाउँदा एमालेका खरेलले २३५९ मत पाएका छन् । त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत प्राप्त गरेका छन् ।

मेचीनगर ८ स्थित मतदान केन्द्रको ३ वटा, मेची विद्योदयको २ वटा, मेचीनगर १० कोधुलाबारी माविको १, महानन्द आ विको १, धुलाबारी स्वास्थ्य केन्द्रको १, मेचीनगर ७ को अरनिको माविको १, मेचीनगर ११ को भानु आ विको १ र शहिद दशरथचन्द मावि मचीनगर १३ को १ मतपेटिका गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु