झापा १ प्रदेशसभा (ख) तर्फ श्यामबिरको अग्रता कायमै

2022-11-22 मा प्रकाशित

मेचीनगर,६ मंसिर । नेकपा माओवादी केन्द्रका झापा १ प्रदेशसभा ख तर्फका उम्मेद्वार श्यामबीर लिम्बुले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।

हाल सम्म ९ हजार ९ सय ७ मतगणना हुदाँ लिम्बुले ३ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । लिम्बु राप्रपा उम्मेद्वार सविना बजगाई भन्दा ३ सय ६६ मतले अगाडि रहेका छन् । बजगाईले ३ हजार ६ सय २० मत प्राप्त गरेकी छिन् । ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदिप राइले ५ सय ५५,मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिंह लिम्बुले ४ सय २६,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कल्याण खड्काले ९० तथा स्वतन्त्र उम्मेदवार हिरा प्रसाद पोखरेलले २ सय ७४ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु