झापा १ मतान्तर बढाउँदै शर्मा ३२ हजार मतगणना हुँदा ५ हजार ८ सय ले शर्मा अगाडि

2022-11-22 मा प्रकाशित

मेचीनगर, मंसिर ६ । झापा क्षेत्र नं १ मा अहिलेसम्म ३१ हजार ९ सय ४८ मतगणना सकिएको छ ।

निर्वाचन अधिकृत टंकबहादुर महतले दिएको जानकारी अनुसार अहिलेसम्मको गणनामा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले अग्रता कायम राख्नु भएको छ ।

जारी मतगणनामा शर्माले १५ हजार ९ सय ४० मत ल्याउदा एमालेका अग्नी खरेलले १० हजार ८९ मत ल्याउनु भएको छ । त्यस्तै राष्ट्रिय पार्टीका ओमनाथ भण्डारीले ३ हजार ७५ मत प्राप्त गर्नु भएको छ ।

अहिलेसम्म शर्मा र खरेलबीचको मतान्तर ५ हजार ८ सय ५१ पुगेको छ । झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु