झापा १ मा विश्वप्रकाश शर्मा ६ हजार ५७३ मतले अगाडि

2022-11-22 मा प्रकाशित

झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

३४ हजार ४ सय २९ मत गनिसक्दा शर्माको १७ हजार २८९ र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले १० हजार ७१६ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ६ हजार ५ सय ७३ रहेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का होमराज भण्डारीले ३३४८, जनता समाजवादी पार्टी नेपालको ढल्केको छाताको १४९ , लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको १८८, हाम्रो नेपाली पार्टीको लौरो चिन्हको ११४, नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शंखको १०१ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु