झापा १ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित बन्यो

2022-11-23 मा प्रकाशित

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ ।

पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ ।

शर्मा आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु