झापा(१) विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले बिजयी

2022-11-23 मा प्रकाशित

मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् ।

शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् ।

निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।

शर्मा २०७० सालमा रविन कोइराला र २०७४ सालको चुनावमा राम कार्कीसँग यही क्षेत्रबाट पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु