झापा–३ बाट राजेन्द्र लिङदेन विजयी

2022-11-24 मा प्रकाशित

भद्रपुर, ८ मंसिर । झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन् ।

लिङदेनले ४० हजार ६६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

झापा क्षेत्र नं.३ मा १ लाख ३१ हजार ४३२ मतदाता थिए । त्यसमध्ये ८९ हजार ६३७ मत खसेको ज्ञवालीले बताए ।

यसअघि २०७४ को चुनावमा पनि सिटौलालाई लिङदेनले पराजित गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु