
मेचीनगर, ९ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकका उम्मेदवारहरुको मतगणना भइरहेको छ ।
शुक्रबार दिउँसो ३ वजेसम्मको ताजा मतपरिणाम अनुसार ४८ हजार ७९९ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार १९९ मतसहित अग्रता लिइरहेको छ ।
त्यस्तै नेकपा एमालेको सुर्य चिन्हले १४ हजार ११३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीको गोलाकारभित्र घण्टी चिन्हले ८ हजार ५१९ मतसहित तेस्रो स्थानमा छ ।
यसैगरी राप्रपाको हलोले १ हजार ८०१, मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भालेले १ हजार ५२०, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडाले १ हजार २५३, लोकतान्त्रिक समाजवादी पार्टीको साइकलले ४१९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
यस्तै एकिकृत समाजवादी पार्टी कलमले ३७४, जनता समाजवादी पार्टी नेपाल ढल्केको छाताले ३२४, जनमत पार्टीको लाउड स्पिकरले १५७, हाम्रो नेपाली पार्टीको लौरोले १९० मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्