एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

2022-11-26 मा प्रकाशित

झापा, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

वि।संं २०५० मा स्थापना भएको सहकारीको हाल कूल सम्पति रु ११ अर्ब, ९९ करोड, ६१ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको शेयर सदस्य एक लाख ३५ हजार रहेको र शेयर पूँजी रु एक अर्ब, ३५ करोड, ५८ लाख ९५ हजार संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।
कार्यक्रममा सहकारीले हाल पाँच वटा व्यवसाय सञ्चालन गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले बचत तथा ऋणको कारोवार, डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र चिया उद्योग सहकारीले सञ्चालन गर्दै आएको बताए ।

सहकारीले हाल कर्पोरेट कार्यालयमा ५९ जना, वित्तीय व्यवसायमा ७६६ जना, डेरी व्यवसायमा ७५ जना, एकीकृत नमूना कृषि फर्ममा ५४ जना, सहकारी पसल व्यवसायमा १२६ जना र चिया व्यवसायमा ४८ गरी एक हजार १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

संस्था अन्तगरत सञ्चालन गरिएका सुपथ मूल्यको सहकारी पसलमा आगामी मंसिर ११ गतेदेखि उधारो सुविधा उपभोग गर्न सकिने पत्रकारहरुलाई अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले मंसिर १८ गतेदेखि क्षेत्रगत रुपमा साधारणसभा गरी पुस २ गते फाइल माइन्यूट प्रमाणित कार्यक्रम गरिने बताए ।

अध्यक्ष उप्रेतीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्यसहित प्रतिवेदन साधारणसभा अघि नै सार्वजनिकरण गर्नुको बारेमा उपाध्यक्ष भवगती घिमिरेले धारणा व्यक्त गरेकी थिइन् । संस्थाका सञ्चालक समितिहरुको उपस्थितिमा समेत रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष लक्ष्मी उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु