मेचीनगरले गर्याे ४ जना स्वास्थ्यकर्मीलाई सम्मान

2020-07-09 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले कोरोनाको महामारीका बेला नगरबासीको हितमा अहोरात्र खटिएका ४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

विहीबार छैठौँ नगरसभामा नगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई, टिकाराम ढकाल, कमला राजवंशी र एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई सम्मान गरिएको हो ।

चारै जनालाई जनहि ५ हजारका दरले प्रशंसापत्रसहित सम्मना गरिएको थियो ।सम्मानितहरुलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती लगायत कार्यपालिका सदस्यहरुले प्रशंसापत्रसहित सम्मना गरेका थिए ।

कोरोना भाइरसको जोखिममा रहेको मेचीनगरमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको कदर गर्दै भविश्यमा पनि थप मनोबलका साथ लाग्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको नगरप्रमुख आचार्यले बताए ।कोभिड–१९ को महामारीका बेला नगरपालिकाले स्वास्थ्यकर्मीको मजबुरीलाई बुझेर सम्मान गरेकोमा खुशी भएको नगर स्वास्थ्य शाखाकी प्रमुख राईले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु