सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने

2022-11-27 मा प्रकाशित

मेचीनगर । चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा सातौ सुन्तला महोत्सव आयोजना हुने भएको छ । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सव मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको हो । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले पत्रकार संमेलन मार्फत यसपटकको महोत्सब मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा सम्पन्न हुने जानकारी गराए ।

नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

उक्त महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिने कुरा संयोजक कार्कीले बताए ।

देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भुटान र बंगलादेशको पर्यटकहरुलाई देशमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भुटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो । उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको संयोजक कार्कीले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु