प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र प्रदान

2022-11-29 मा प्रकाशित

 मेचीनगर  । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको १ नम्बर निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवारलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्रनम्बर १ ले मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर १ बाट विजयी गोपाल तामाङ र २ बाट विजयी सविना बजगाईँलाई प्रमण पत्र प्रदान गरिएको हो ।

निर्वाचन क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतले निर्वाचित सवैलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले निर्वाचित सवैमा शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले हिजो निर्वाचनका बखत जो जो जुन राजनीतिक दलबाट उम्मेदवार भएपनि निर्वाचित भईसकेपछि साझा बनेर काम गर्न सुझाव दिएका थिए । निर्वाचत सवैबाट जनताले विभिन्न अपेक्षा गरेका कारण रोजगारीकालागि विदेशिने क्रमलाई रोक्न, शिक्षा, स्वास्थ्यलगायतका विकाश निर्माणदेखि कर्मचारीले कार्यान्वयन गर्न सक्नेमात्र नीति निर्माण बनाउन लाग्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

मुलुक संघीयतामा प्रवेश गरेका कारण तीन तहको सरकार रहेका, तीनै तहको सरकारको आ—आफ्नो जिम्मेवारी रहेकोले कुशलपूर्वक जिम्मेवारी पुरा गर्न र जनताको अपेक्षा अनुसार काम गर्न वक्ताहरुले सुझाव दिएका थिए ।
स्थानीय सरकारकोतर्फबाट मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्यः निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सदस्य एवम् १ नम्बर प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ण बास्तोलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

निर्वाचित सांसद्हरुले अब आफुहरुले सवै समय जनमुखी र जनताले अपेक्षा गरे अनुसारको काममा खर्चिने प्रतिवद्घता व्यक्त गर्नुभयो । उहाँहरुले जनताले विश्वास गरेर आफूहरलाई दिइएको अमूल्य मतको कदर गर्दै अघि बढ्ने विश्वास दिलाउनुभयो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर १ बाट विजयी तामाङ र २ बाट विजयी बजगाईँले लाई प्रतिवद्घता व्यक्त गर्नुभएको थियो ।

प्रहरी उपरीक्षक विश्वमणि पोखरेल सशस्त्र प्रहरी उपरीक्षक प्रदिप कार्की, जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीप्रसाद नेपाल, कोलेनिका प्रमुख मधु पोखरेलगयात विभिन्न दलका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु