सुर्य गौतमको स्मृतिमा नगद हस्तान्तरण, रक्तदान र पाठेघरको परीक्षण

2020-04-18 मा प्रकाशित

द्वन्दकालमा प्रहरी र तत्कालिन माओबादीको भिडन्तका बेला क्रस फाइरिङमा परी ज्यान गुमाएका सुर्य गौतमको १४ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड स्थित राम चौकमा आयोजित स्मृति दिवसमा ४४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौतम परिवारले स्थानीय रामचोक युवा क्लबलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । स्वर्गिय गौतमको परिवारका तर्फबाट बुवा तुलशी गौतम र आमा योगमाया गौतमले युवा क्लबका अध्यक्ष लेखनाथ खनाललाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा स्थानीय मोहनमाया माविका ४ जना बिद्यार्थीहरुको स्वास्थ्य बिमा समेत गौतम परिवारले गरिदिएका थिए । सो विद्यालका बिद्यार्थीहरु समिर हेमरम, कुस्मा खड्का, नन्दु शर्मा र कोपिला शिवाकोटीको स्वास्थ्य बिमा गरिएको स्वर्गिय सुर्य गौतमकी दिदि प्रमिला गौतमले जानकारी दिईन । त्यसैगरी मोहनमाया माविमा कक्षा ११ वा १२ अध्ययन गर्ने एक जनालाई एक बर्षको विद्यालयको शुल्क बापतको रकम बिद्यालयलाई उपलब्ध गराउने घोषणा समेत गरिएको थियो ।

स्मृति दिवसको अवसरमा पाठेघरको परीक्षण समेत गरिएको थियो । नेपाल परिवार नियोजन संघ झापाको प्राविधि सहयोगमा गरिएको परीक्षणमा स्थानीय ६० जना महिलाहरुको सहभागिता रहेको थियो । जसमध्ये २ जना महिलालाई थप परीक्षणका लागि अस्पताल पठाइएको रामचोक युवा क्लबका सचिव राजु गौतमले जानकारी दिए ।

रामचोक क्लबका अध्यक्ष लेखनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, पूर्व शिक्षक कमल मिश्र लगायतले स्वर्गिय गौतमका बारेमा चर्चा गरेका थिए ।टिकेन्द्र खनालले स्वागत तथा कार्यक्रको औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन क्लबका सचिव राजु गौतमको गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु